होमपेज > ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी’ नामक वृहत प्रदर्शनी भृकुटीमण्डपमा हुने

‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी’ नामक वृहत प्रदर्शनी भृकुटीमण्डपमा हुने

बिज्ञापन

खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धिदरलाई पहिचान गर्दै शुक्रबारदेखि ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी’ नामक वृहत प्रदर्शनी हुने भएको छ ।

राजधानीको भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा करिब ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ । जसमध्ये लगभग १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ। हस्पिटालिटीमा होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी-प्यालेस र क्यान्टिन, किराना – पासलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरूस क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिइएको आयोजकको भनाइ छ ।

प्रदर्शनी भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्शन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्शन प्रत्येक वर्षझैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूको रूपमा समावेश गरिएको छ। साथै फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटीले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट-अपको पहुँचमा एक्स्पोलाई पुर्याउन “साना व्यवसाय मार्ट” पनि सुरुवात गर्दैछ।

व्यापारको प्रचार-प्रसारका लागि यो प्रदर्शनी सबैभन्दा प्रभावकारी प्लेटफर्म भएको र यसले ३ दिनमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष बैठक गर्न अवसर दिने आयोजकको दाबी छ । जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटीले लगभग ५००० ब्रान्डहरू, ३०० कम्पनीहरू र २५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरूलाई स्थान प्रदान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  2. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  3. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  4. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  5. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  6. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  7. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  8. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  9. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  10. १० स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  13. १३ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  14. १४ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  15. १५ नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?