होमपेज > बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ को विजेता घोषणा

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ को विजेता घोषणा

बिज्ञापन

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । सहभागीहरु मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रालि विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन ।

यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु। १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरुसमेत जित्ने अवसर पाएका थिए । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गतसहभागीहरुलेघरमै बसीबसीविभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन् । ग्राहकहरुले उक्त उपहारहरु प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।

सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनोट गरिएको थियो।विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए । ‘यो एउटा क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास थियो,साथै हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वासको लागि धन्यवाद दिन र वर्षको सुरुवातलाई साँच्चै विशेष बनाउन ‘खुसीको मिटर’ सुरु गरेका थियौं,हामी श्री मोसीम आलमलाई विजेताको रुपमा हार्दिक बधाई दिन्छौं । साथै सम्पूर्ण सहभागीहरुलाईपनि धन्यवाद दिन चाहन्छौं ।’ कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले भने ।

त्यस्तै नगद एक लाख विजेता श्री मोसीम आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुशी र कृतज्ञता व्यक्त गर्दै भने,‘मलाई सुरुमा त विश्वासै लागेन । पक्का भएपछि अतिनै खुसी लाग्यो । बजाज सधैं एक विश्वसनीय ब्रान्ड रहेको छ, र रही रहने छ भन्ने विश्वास गरेको छु । ‘खुशीको मिटर’ अभियान मार्फत जित्नुले यसलाई अझ विशेष बनाएको छ । यो खुसीमाम सम्पूर्ण बजाज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत