होमपेज > सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बिज्ञापन

सप्तरी र दाङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ भित्री सडकमा भलुवाबाट कंकालिनी मंन्दिरतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलबाट लड्दा त्यसमा सवार सुनसरी कोशी गाउँपालिका-६ कुम्याही बस्ने ५० वर्षीया बतुल खातुनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी न्यूरो अस्पताल इनरूवा सुनसरीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, दाङको राजपुर गाउँपालिका-३ खरदरीयामा बेलाबाट खरदरीयातर्फ जाँदै गरेको प्र.०३-०३० प ५६०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३७ वर्षीया विष्णा यादवको मृत्यु भएको छ । शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमही हुँदै राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा थप उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत