होमपेज > आजको माैसम: यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको माैसम: यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिज्ञापन

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग हित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत