२०८३, श्रावण २३ गते

९ वर्ष विदेशी भूमिमा रोजगार गरेर पुन: किन राेजे नेपालकैं फुटपात? (भिडियोसहित)

शनिवार , माघ १९, २०८१

सर्लाही घर भएका सुरेन्द्र महरा अहिले काठमाडौंको अनामनगरको सडकपेटिमा जुत्ता चप्पल सिलाउने काम गर्छन्। नौ वर्ष विदेशको यात्रापछि उनी पुन: जुत्ता सिलाउने काममा लागेका हुन्। सुरेन्द्रको परिवारमा दुई छोरा र श्रीमान श्रीमती गरी ४ जना छन्। जेठो छोरा वेल्डिङको काम गर्दछन् भने कान्छा छोरा पढाई गरिरहेका छन्। उनले वैदैशिक रोजगारमा विदेशी भुमिमा नौ बर्ष रोजगार गरेपनि अहिले नेपालको सडक पेटिमा जुत्ता सिलाउने काम गर्दै आइरहेका छन्। वि.स. २०७१ सालमा वैदेशिक रोजगारका लागी कतार गएको थिए। विदेश जानुभन्दा पहिले म काठमाडौंमा जुत्ता सिलाइको काम गर्दथे। 'जुत्ता सिलाइको कामले घर खर्च चलाउन गाह्रो भएपछि विदेश जाने निर्णय गरे। विदेशमा कमाएको पैसाबाट मैले नेपालमा जमिन किने र घरपनि बनाएको छुँ' महराको भने। उनले थपे  'विदेशमा काम गर्न कहाँ स्वदेशको जस्तो सजिलो हुन्छ, न त समयमा खाना हुन्छ न त समयमा तलब नै, काम पनि निकै गाह्रो हुन्छ।' 'वैदेशिक रोजगारको यात्रापछि म पुन: स्वदेश फर्किए। स्वदेशमा विदेश जानु अघिको सीप नै काम लाग्यो विदेशमा सिकेको कामको उचित ज्याला नपाएपछि मैले सडक पेटिमा जुत्ता सिलाउने काम गर्न थालेको हुँ' उनले बताए। 'अहिले दैनिक ५ सयदेखी १ हजारसम्म आम्दानी हुन्छ' उनले भने। 'बालेन शाह मेयर भएदेखी काम गर्न निकै सकस भएको छ। कहिलेकाहीँ नगर प्रहरी आउँदा व्यापार गर्दा गर्दै भाग्नु पर्ने स्थिति हुन्छ।' 'बालेन शाहले हामीजस्ता भुईँव्यापारीलाई एउटा निश्चित ठाउँको व्यवस्था गरेको खण्डमा हामीलाई व्यापार गर्न सजिलो हुने' बिजनेश न्यूज नेपाल डटकमसँगको कुराकानीमा उनले भने। दिनहुँ नेपालबाट रोजगारको लागी हजारौँ सङ्ख्यामा युवा शक्ति विदेशिरहँदा युवाहरूलाई विदेश नजान ऊनले आग्रह गरे। कर्म गरेमा नेपालमा पनि अवसर भएको भन्दै युवाहरूलाई नेपालमा नै पसिना बगाउन उनले सुझाव दिए। -बिजनेश न्यूज नेपालको 'व्यापार सन्दर्भ' को पहिलो (एपिसोड) भाग-१: भिडियोमा हेर्नुहोस्: https://youtu.be/ORWAf4GmYcw

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!