२०८३, श्रावण २३ गते

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

शनिवार , श्रावण २३, २०८३

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीहरूको मातृत्वलाई प्राथमिकता दिँदै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सेवा सञ्चालनमा ल्याएको छ।

विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १ देखि ७) को अवसर पारेर बैंकले स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरेको हो।

एक कार्यक्रमका बीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमकी अध्यक्षले शिशु स्याहार कक्ष तथा डे केयरको उद्घाटन गरेकी हुन्।

महिला कर्मचारीहरूको नेतृत्व क्षमता विकास, संस्थागत विकासमा प्रभावकारी भूमिका अभिवृद्धि, पेशागत दक्षता र आत्मविश्वास बढाउने तथा कार्यस्थलमा समान अवसर र समावेशी वातावरण प्रवर्द्धन गर्ने उद्देश्यसहित महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरम स्थापना गरिएको बैंकले जनाएको छ। उक्त फोरम बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा गठन गरिएको थियो।

महालक्ष्मी विकास बैंकले लैङ्गिक समानता, समावेशिता र कर्मचारीमैत्री कार्यसंस्कृतिलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। मातृत्वको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रवर्द्धन गर्ने दीर्घकालीन प्रतिबद्धताको निरन्तरताका रूपमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन गरिएको बैंकको भनाइ छ।

बैंकले आफ्ना सबै कार्यस्थललाई मातृत्वमैत्री वातावरण निर्माणतर्फ अघि बढ्न आग्रह गर्दै कर्मचारीहरूको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति सधैँ प्रतिबद्ध रहने जनाएको छ।

“सबल बैंक, सफल सहकार्य” भन्ने नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!