२०८३, श्रावण २३ गते

लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

शुक्रवार , श्रावण २२, २०८३

कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो । 

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो । 

बैंकको मिति २०८३ साउन २२ गते शुक्रबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए। 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!