२०८३, श्रावण २३ गते

एलपी ग्यासको कृत्रिम अभाव वा बढी मूल्य असुलेको भेटिए ९८५१११६७७३ मा जानकारी दिन मन्त्रालयको आग्रह

बिहिवार , श्रावण २१, २०८३

देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले बजार अनुगमन र गुनासो सुनुवाइलाई तीव्र बनाएको छ। ग्यास नपाएर उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी तथा कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको हो।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास आपूर्तिमा समस्या देखिए वा कृत्रिम अभाव सिर्जना गरिएको पाइए तत्काल जानकारी गराउन अपिल गरेको छ।

मन्त्रालयका अनुसार बजारमा ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी कुनै अनियमितता देखिए मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरेर उजुरी गर्न सकिनेछ।

मन्त्रालयले उपभोक्ताबाट प्राप्त हुने सूचना र गुनासोलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाही तथा समस्या समाधानका लागि तत्काल पहल गरिने जनाएको छ।

पछिल्ला करिब २० दिनदेखि एलपी ग्यासको आपूर्ति असहज बनेपछि देशका विभिन्न स्थानमा ग्यास डिपोमा लामो लाइन लाग्ने, तर उपभोक्ताले रित्तो सिलिन्डर लिएर घर फर्किनुपर्ने अवस्था देखिएको छ।

यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य असुल्ने गरेको गुनासो बढेपछि मन्त्रालयले उपभोक्तासँग प्रत्यक्ष सम्पर्क गर्ने व्यवस्था मिलाएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!