२०८३, आश्विन ९ गते

मध्यरातमा प्रधानमन्त्री बालेन्द्र शाह - ढिला होला, तर गलत हुँदैन

शुक्रवार , श्रावण २२, २०८३

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत धैर्य गर्न आग्रह गर्दै ‘ढिला भए पनि गलत नहुने’ बताएका छन्। प्रधानमन्त्री शाहले शुक्रबार फेसबुकमा छोटो सन्देश लेख्दै सही समय आउन केही समय लाग्न सक्ने उल्लेख गरेका छन्।

उनले पछिल्लो अवस्थाबारे आत्तिनुपर्ने अवस्था नरहेको संकेत गर्दै वास्तविकता बाहिर देखिए वा सुनिएभन्दा फरक हुन सक्ने बताएका छन्। उनले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’

प्रधानमन्त्री शाहले आफूले देखेको र सुनेको आधारमा मात्र निष्कर्षमा नपुग्नसमेत आग्रह गरेका छन्। उनले ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’ भन्दै परिस्थितिलाई धैर्यपूर्वक बुझ्नुपर्ने सन्देश दिएका छन्। त्यस्तै, कठिन परिस्थितिमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने उल्लेख गर्दै उनले यो आफ्नो पहिलो अनुभव नभएको बताएका छन्।

‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन,’ उनले फेसबुकमा लेखेका छन्। प्रधानमन्त्री शाहको यो सन्देश कुन विषय वा पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित गरेर लेखिएको हो भन्ने उनले स्पष्ट खुलाएका छैनन्। तर उनको सन्देशमा धैर्य राख्न, तत्काल प्रतिक्रिया नदिन र बाहिर देखिएको अवस्थाभन्दा वास्तविकता फरक हुन सक्ने संकेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!