२०८३, श्रावण २३ गते

२५ वर्षको यात्रालाई विश्वभर सुनाउँदै पल्सर, ‘#MyPulsarStory’ अभियान सुरु

बुधवार , श्रावण २०, २०८३

बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल ब्रान्ड पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा विशेष रूपमा मनाउन विश्वव्यापी #MyPulsarStory अभियान सुरु गरेको छ। अभियानमार्फत विश्वभरका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकलाई आफ्ना प्रेरणादायी र वास्तविक अनुभव विश्वसामु साझा गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सहभागीहरूले भिडियो, फोटो, संगीत, एआई (AI) आधारित सामग्री वा अन्य कुनै पनि सिर्जनात्मक माध्यमबाट, जुनसुकै भाषामा पल्सरसँग जोडिएका आफ्ना अनुभव प्रस्तुत गर्न सक्नेछन्। अभियानको मूल उद्देश्य पल्सरसँग जोडिएका वास्तविक कथा विश्वभर पुर्‍याउनु रहेको कम्पनीको भनाइ छ।

बजाजका अनुसार “25 Years of Daring the World” अवधारणामा आधारित उत्कृष्ट सामग्री छनोट गरी पल्सरका आधिकारिक अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। यसले नेपाली राइडरका अनुभवसमेत विश्वव्यापी मञ्चमा पुग्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत प्रत्येक साता उत्कृष्ट सामग्री प्रस्तुत गर्ने सहभागीलाई ५०० अमेरिकी डलर बराबरको पुरस्कार प्रदान गरिनेछ। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले Pulsar NS400Z मोटरसाइकल जित्ने अवसर प्राप्त गर्नेछन्। कम्पनीका अनुसार अभियान सुरु भइसकेको छ र २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुनेछ।

अभियानमा सहभागी हुन इच्छुक राइडरहरूले पल्सरसँग जोडिएको आफ्ना अविस्मरणीय अनुभव सामाजिक सञ्जालमा #MyPulsarStory ह्यासट्यागसहित साझा गर्नुपर्नेछ। साथै @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरेर निर्धारित समयभित्र सामग्री पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

बजाजका अनुसार यो अभियान केवल मोटरसाइकलको २५ वर्षे यात्रा मनाउने कार्यक्रम मात्र नभई पल्सरलाई सफल ब्रान्ड बनाउन योगदान पुर्‍याएका लाखौं राइडरको साहस, अनुभव र यात्रालाई सम्मान गर्ने प्रयास हो। कम्पनीले वास्तविक र प्रेरणादायी कथामार्फत पल्सर समुदायलाई विश्वव्यापी रूपमा जोड्ने लक्ष्य राखेको जनाएको छ।

अभियानसम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका नियमहरू एचएच बजाज नेपालको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!