२०८३, श्रावण २३ गते

ज्योति विकास बैंकको खुद नाफामा १० गुणाभन्दा बढी उछाल, वितरणयोग्य मुनाफा पनि धनात्मक

बिहिवार , श्रावण २१, २०८३

ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। बैंकले गत आर्थिक वर्षमा १० गुणाभन्दा बढी खुद नाफा वृद्धि गर्दै वितरणयोग्य मुनाफालाई पनि ऋणात्मक अवस्थाबाट धनात्मक बनाउन सफल भएको छ। विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा १० करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले समीक्षा अवधिमा ९०५.७५ प्रतिशतको वृद्धिसहित १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको खुद ब्याज आम्दानी ११.७७ प्रतिशतले बढेर २ अर्ब ३४ करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम २ अर्ब ९ करोड ५३ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, खुद फी तथा कमिसन आम्दानी १६ करोड २९ लाख रुपैयाँबाट बढेर २८ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ४७ करोड ६ लाख रुपैयाँबाट वृद्धि भई २ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा आएको सुधारसँगै सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ३८ करोड ९८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा ३६०.१५ प्रतिशतले वृद्धि भएर १ अर्ब ७९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। यसैगरी, अघिल्लो आर्थिक वर्ष ९९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा १४ करोड ४३ लाख रुपैयाँ धनात्मक भएको छ, जसले बैंकको लाभांश वितरण क्षमतामा सुधार आएको संकेत गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २ रुपैयाँ २८ पैसाबाट बढेर २२ रुपैयाँ ८८ पैसा पुगेको छ। खराब कर्जा (एनपीएल) ७.७५ प्रतिशतबाट घटेर ६.६५ प्रतिशतमा झरेको छ भने आधार दर ७.१२ प्रतिशतबाट ५.८९ प्रतिशतमा आएको छ। बैंकको कस्ट अफ फण्ड ३.७६ प्रतिशत तथा प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ९७ पैसा रहेको छ।

४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँबाट बढेर ४९ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँबाट वृद्धि भई ६७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!