होमपेज > इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब रुपैयाँ नाघ्यो

इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब रुपैयाँ नाघ्यो

बिज्ञापन

इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। यो अघिल्लो आर्थिक वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढी हो।

इक्रा नेपालको प्रतिवेदनअनुसार कम्पनीले सन् २०२३ मा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। गत वर्ष कम्पनीले १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ, जुन अघिल्लो वर्षको १ लाख ८५ हजार ५०४ मेट्रिक टनभन्दा बढी हो।

उखु प्रशोधनको मात्रा बढे पनि चिनी उत्पादनको प्राप्ति दर घट्दा कम्पनीको नाफामा असर परेको छ। कम्पनीको चिनी प्राप्ति दर सन् २०२४ को ८.८ प्रतिशतबाट घटेर सन् २०२५ मा ८.३ प्रतिशतमा झरेको छ। उखुको गुणस्तरमा आएको समस्याका कारण सञ्चालन नाफा मार्जिन पनि १५.३ प्रतिशतबाट घटेर ९.३ प्रतिशतमा सीमित भएको छ।

सरकारले उखुको न्यूनतम समर्थन मूल्य बढाउँदै लगेपछि उत्पादन लागतमा समेत वृद्धि भएको छ। आर्थिक वर्ष २०२४/२५ मा प्रतिक्विन्टल ५८५ रुपैयाँ रहेको समर्थन मूल्य चालु आर्थिक वर्षका लागि ६२० रुपैयाँ कायम गरिएको छ।

यता, चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएकाले स्वदेशी चिनी उद्योगको प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुन सक्ने देखिएको छ। यसले उद्योगहरूको नाफामा थप दबाब सिर्जना गर्ने जोखिम रहेको मूल्यांकन गरिएको छ।

कम्पनीको वित्तीय अवस्था भने अझै चुनौतीपूर्ण रहेको जनाइएको छ। ऋण सेवा क्षमता कमजोर बन्दै गएको छ भने कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात बढेको छ। कार्यशील पुँजीको आवश्यकता पनि क्रमशः बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

सन् १९९४ मा स्थापना भएको इस्टर्न सुगर मिल्सले सन् १९९६ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। सुनसरीको अमाहीबेलामा रहेको उद्योगको दैनिक उखु प्रशोधन क्षमता २ हजार ५०० टन रहेको छ। कम्पनीमा मुख्य रूपमा गोल्छा समूह र विशाल समूहको लगानी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत