होमपेज > आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

बिज्ञापन

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो केही मात्रामा कम हुने देखिन्छ । वर्षा, हिमपात लगायत तुवाँलोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  2. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  3. सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  4. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  5. साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  6. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  7. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  8. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  9. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  10. १० महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  11. ११ सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  12. १२ द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  13. १३ नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  14. १४ साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  15. १५ नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण