नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिनहरूमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

