होमपेज > कामना सेवा विकास बैंकको KSBBL ओलम्पिक्स २०८१ सम्पन्न

कामना सेवा विकास बैंकको KSBBL ओलम्पिक्स २०८१ सम्पन्न

बिज्ञापन

कामना सेवा विकास बैंक लिमिटेडले KSBBL ओलम्पिक्स २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ । कर्मचारीहरुको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

शनिवार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरु सम्पन्न भएका छन् । सात प्रदेश र केन्द्रीय कार्यालय गरि कुल आठ समुहबाट खेलहरु आयोजना गरिएको थियो । पुरुष तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारीको जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधी जितेको छ भने महिला तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषा कुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयमा अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधी जितेको छ ।

त्यसै गरी, पुरुष तर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सन्जीव लामालाई हराउदैं उपाधी जित्दा महिला तर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईले कोशी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधी जितेकी छन् । विजेता तथा उपविजेता टिमलाइ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख संचालन अधिकृत विकास ढुङ्गानाले बैंकको तर्फबाट ट्रफि, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गुर्नभयो । उक्त प्रतियोगितामा लगायत विभिन्न विभागिय प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा वोल्दै नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले यस्ता कार्यक्रमहरुको कर्मचारीको शारिरिक तथा बौद्धीक क्षमता अभिवृद्धी हुनुका साथै कर्मचारीहरु बिचको आपसी सम्वन्ध समेत सुमधुर हुदै जाने विश्वास व्यक्त गर्नुभयो । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप समेत आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत