होमपेज > डोङफेङ मोटर ग्रुपले भोया अटो मोबाइलमा ठूलो लगानी गर्ने

डोङफेङ मोटर ग्रुपले भोया अटो मोबाइलमा ठूलो लगानी गर्ने

बिज्ञापन

चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटरग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड VOYAH अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ । जसले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धता अनुरुपयो लगानी छ।

डोङफेङर VOYAH बीच सम्पन्न पुँजीवृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (DFAM) ले VOYAH माकरिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ। यसले VOYAH लाई EV स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ।

पुँजी वृद्धि सम्झौतापछि VOYAH अटोमोबाइलकोस्वामित्व संरचनामा केही फेरबदल हुनेछ।लगानीपछि डोङफेङ मोटरग्रुपले VOYAH को ७९.६९% स्वामित्व पाउनेछ। DFAM को३.३०% हिस्सा हुनेछर बाँकी १७.०१% अरू सेयरधनीले राख्नेछन्। यसरी डोङफेङले VOYAH मा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकासकार्यलाई अघि बढाउनेछ।

VOYAH, डोङफेङ मोटरग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको VOYAH लेआजका ग्राहकका लागिआधुनिक गाडि उपलब्ध गराउने लक्ष्य राखेको छ. विश्वभर इलेक्ट्रिक गाडीको माग बढ्दै गएका कारण VOYAH, डोङफेङको भविष्यको योजनामा महत्वपूर्ण हिस्सा हुने छ.

यो नयाँ लगानीले VOYAH लाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ. नयाँ पूँजीलाई अनुसन्धान र विकास (R&D), उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नकालागि प्रयोग गर्न सकिनेछ. यसले VOYAH लाई अन्य ठूला इलेक्ट्रिकभेहिकल ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न पनि मद्दत गर्नेछ।

डोङफेङकालागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो।डोङफेङले सर्वसाधारणकालागि भविष्यको ग्रीन मोबिलिटी र स्मार्ट यातायात प्रणाली तर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ. VOYAH मा गरिएको हालको यो लगानी नवीन तारदि गोपनमा गरिएको लगानीको उदाहरण मात्र हो।

पछिल्ला केही वर्षमा विश्वव्यापी अटोमोबाइल उद्योग द्रुतगतिमा परिवर्तन हुँदै आएको छ. ग्राहकहरू वातावरण मैत्री गाडी रोज्न थालेकाछन्. र विभिन्न सरकारहरूका नीतिनियमहरूले पनि यसलाई समर्थन गरेका छन्. डोङफेङ जस्ता ठूला कम्पनीहरूले भविष्यको आवश्यकता अनुसार आफ्नो रणनीति परिवर्तन गर्दै आएका छन्।यो नयाँ पूँजी वृद्धिले डोङफेङलाई भविष्यको गाडी बजारमा अझ मजबुत बनाउन मद्दत गर्ने छ.

यो लगानीले डोङफेङको VOYAH माथिको भरोसा र यस ब्रान्डले भविष्यमा विद्युतीय यातायातमा प्रमुख स्थान हासिल गर्ने विश्वासलाई देखाउँछ। VOYAH को विकास र वित्तीय सहयोगसँगै, उपभोक्ताहरूले निकट भविष्यमा अझ स्मार्ट, भर पर्दो र वातावरणमैत्री सवारीसाधनको अपेक्षा गर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  2. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  3. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  4. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  5. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  6. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  7. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  8. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  9. सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  10. १० धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  11. ११ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  12. १२ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  13. १३ डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  14. १४ कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  15. १५ त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ