होमपेज > नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क

नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क

बिज्ञापन

नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दन्त स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले उक्त क्लिनिकबाट दन्त उपचारसम्बन्धी विभिन्न सेवा विशेष छुट तथा निःशुल्क सुविधासहित प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकले क्लिनिकमा निःशुल्क दर्ता, प्रारम्भिक परीक्षण, उपचार योजना, फलोअप परीक्षण तथा एक्स–रे सेवा प्राप्त गर्नेछन्।

त्यस्तै, निवारक दन्त उपचारअन्तर्गत स्केलिङ, पिट एन्ड फिसर सिलेन्ट, क्लास १ देखि ५ फिलिङ तथा एक्वाकेयर पोलिसिङ सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ। विशेषज्ञ दन्त उपचारतर्फ रुट क्यानल ट्रिटमेन्ट (आरसीटी), क्राउन, ब्रेसेस, एलाइनर, इम्प्लान्ट तथा पेरियोडोन्टल उपचार सेवामा भने १० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ।

यो सुविधा नबिल बैंकको कार्ड, मोबाइल बैंकिङ तथा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार उक्त विशेष अफर २० जुन २०२७ सम्म लागू हुनेछ।

नबिल बैंकले ग्राहकलाई थप सहज, गुणस्तरीय तथा विविध सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न क्षेत्रका सेवा प्रदायक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ। बैंकका अनुसार स्वास्थ्य सेवासँगको यस्तो साझेदारीले ग्राहकलाई नियमित बैंकिङ सेवासँगै आवश्यक स्वास्थ्य उपचारमा समेत सहुलियत प्राप्त गर्न सहयोग पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  2. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  3. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  4. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  5. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  6. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  7. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  8. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  9. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  10. १० सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  11. ११ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  12. १२ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  13. १३ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  14. १४ डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  15. १५ कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी