होमपेज > नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला

नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला

बिज्ञापन

नेपालको अटोमोबाइल व्यवसायको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको हो।

नाडाका अनुसार अटो शोका लागि स्टल बुकिङ जेठ १८ गतेदेखि २६ गतेसम्म खुला रहनेछ। यो नाडाले आयोजना गर्न लागेको १८औँ संस्करण हो।

नाडा अटो शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था र व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहनेछ। प्रदर्शनीले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू सार्वजनिक गर्ने अवसर प्रदान गर्ने नाडाको विश्वास छ।

हरेक वर्षझैँ यसपटक पनि हजारौँ सर्वसाधारण, अटोमोबाइल व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

नाडाले स्टल बुकिङ, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक जानकारी व्यवस्थापक कम्पनीमार्फत प्राप्त गर्न सकिने जनाएको छ। साथै, इच्छुक कम्पनी तथा संस्थालाई समयमै स्टल सुनिश्चित गरी प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ।

नेपालको अटोमोबाइल बजार विद्युतीय सवारीसाधनतर्फ तीव्र रूपमा आकर्षित भइरहेका बेला आयोजना हुन लागेको नाडा अटो शो २०२६ लाई नयाँ प्रविधि, नयाँ ब्रान्ड र नयाँ व्यावसायिक अवसरहरू प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  2. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  3. रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  4. किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  5. नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  6. सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  7. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  8. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  9. चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  10. १० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  11. ११ साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  12. १२ राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  13. १३ राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  14. १४ सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  15. १५ बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)