होमपेज > देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

बिज्ञापन

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द हुने भएका छन्।

नेपाल चिकित्सक संघले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको हो।

संघले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटनाको विरोधमा सेवा बन्द गर्नुपरेको जनाएको छ। संघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नसमेत माग गरेको छ।

नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सकमाथि हातपात हुँदा डा. प्रमोद रामको टाउकोमा चोट लागेको संघले जनाएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसा र दुर्व्यवहार रोक्न सरकार गम्भीर बन्नुपर्ने मागसहित संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  2. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  3. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  4. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  5. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  6. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  7. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  8. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  9. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  10. १० आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  11. ११ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  12. १२ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  13. १३ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  14. १४ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  15. १५ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?