होमपेज > रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव

रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव

बिज्ञापन

नेपालले लामो समयदेखि बन्द रहेका हेटौँडा र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि रुससँग सहकार्यको प्रस्ताव गरेको छ। नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग गरेको शिष्टाचार भेटका क्रममा नेपालले यस्तो प्रस्ताव राखेको हो।

भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालमा बन्द अवस्थामा रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्न रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोग अपेक्षा गरिएको बताइन्। विशेषगरी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न उनले रुसी पक्षसमक्ष प्रस्ताव राखेकी थिइन्।

नेपालको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले अघि सारेका प्रस्तावमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटमा नेपाल र रुसबीचको व्यापार तथा आर्थिक सम्बन्ध थप विस्तार गर्ने, व्यापार सहजीकरणमा सहकार्य बढाउने तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

राजदूत सुरोभ्त्सेभले व्यापार तथा आर्थिक फोरममार्फत नेपाल र रुसबीच भइरहेको सहकार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्य अझ मजबुत बन्ने धारणा राखे।

सोही अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकासमन्त्रीको तर्फबाट मन्त्री यादवलाई रुस भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गरे। मन्त्री यादवले निमन्त्रणा स्वीकार गर्दै प्रस्तावित भ्रमणले नेपाल र रुसबीचको सहकार्यलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  2. लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  3. रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  4. किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  5. नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  6. सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  7. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  8. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  9. चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  10. १० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  11. ११ साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  12. १२ राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  13. १३ राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  14. १४ सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  15. १५ बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)