होमपेज > अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने

बिज्ञापन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका उद्योगपतिसँग बजेट कार्यान्वयनका विषयमा छलफल गर्ने भएका छन्।

अर्थमन्त्रीको सचिवालयका अनुसार छलफल दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुनेछ। बैठकमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका झण्डै तीन दर्जन उद्योगपतिहरू सहभागी हुनेछन्।

छलफलमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, उत्पादनमूलक उद्योगका समस्या तथा उद्योग क्षेत्रमार्फत अर्थतन्त्रमा थप योगदान बढाउने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।

बैठकमा अर्थमन्त्री वाग्लेसहित अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरूको सहभागिता रहनेछ।

सरकारले निजी क्षेत्रको सहभागिता र उत्पादनमूलक उद्योगको विस्तारलाई प्राथमिकतामा राख्दै आएको अवस्थामा अर्थमन्त्री र उद्योगपतिबीच हुने छलफललाई बजेट कार्यान्वयनमा निजी क्षेत्रका सुझाव समेट्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  2. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  3. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  4. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  5. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  6. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  7. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  8. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  9. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  10. १० आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  11. ११ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  12. १२ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  13. १३ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  14. १४ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  15. १५ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?