होमपेज > सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?

बिज्ञापन

प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, घाइते तथा पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताएका छन्।

सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि हालतमा सामान्य विषय नभएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले घटनाबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले सरकारले मृतकका परिवार, घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुभूति गराउन आफ्नो सम्पूर्ण शक्ति लगाउने बताएका छन्। पीडितलाई चाँडोभन्दा चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन्।

‘सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ। फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन्। घटनाको सुरुदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको भए पनि त्यो पर्याप्त हुन नसकेको प्रधानमन्त्री शाहको स्वीकारोक्ति छ। उनले सम्पूर्ण घटनाको सरकारले गम्भीर समीक्षा गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय लिइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले घटनापछि नागरिकमा उत्पन्न आक्रोश र असन्तुष्टिलाई थप हिंसात्मक बन्न नदिन संयम अपनाउन आग्रह गरेका छन्। उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर सुरक्षित र संयमित रहन तथा एकअर्काप्रति प्रेम र सम्मान कायम राख्न आह्वान गरेका छन्।

‘त्यतिबेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ।’

प्रधानमन्त्री शाहले मानवताको पहिलो कर्तव्य मानिसको जीवन रक्षा गर्नु भएको उल्लेख गर्दै सरकारको प्राथमिकता नागरिकको सुरक्षा, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउनु रहेको बताएका छन्। ‘मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु हो,’ उनले भनेका छन्। उनले सुनसरी घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार गम्भीर र जिम्मेवार रूपमा अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  2. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  3. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  4. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  5. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  6. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  7. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  8. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  9. आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  10. १० लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  11. ११ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  12. १२ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  13. १३ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  14. १४ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  15. १५ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?