होमपेज > चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने

चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने

बिज्ञापन

सुदूरपश्चिम प्रदेशको प्रमुख जलविद्युत् केन्द्रका रूपमा विकास हुँदै गएको चमेलिया नदीमा थप एउटा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। दार्चुला पावर कम्पनी प्रवर्द्धक रहेको २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण अघि बढाउन लागिएको हो।

दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ। नदी प्रवाहमा आधारित यस आयोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिसकेको छ। आयोजनाका सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ।

आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गरेको छ। यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो।

आयोजनाको डिजाइन परिवर्तन तथा संरचना स्थानान्तरणका कारण हुन सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न लागिएको हो। यसका लागि २०८२ पुस २१ गते अध्ययनको सहमति प्राप्त भइसकेको सूचनामा उल्लेख छ।

मध्य चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको बलाच सबस्टेसनमा जोडिनेछ। आयोजनाबाट वर्षायाममा ११८.५२ गिगावाट घण्टा र हिउँदमा ६७.१०० गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ।

आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच २०८० असोज २९ गते भइसकेको छ। यस्तै, आयोजनाको वित्तीय व्यवस्थापन २०८२ जेठ २१ गते सम्पन्न भएको जनाइएको छ।

प्रस्तावित आयोजनास्थल दार्चुलाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर उत्तरपश्चिमतर्फ पर्छ। आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना र तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत् आयोजना रहेका छन्।

कुल ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रुपैयाँ लागत अनुमान गरिएको मध्य चमेलिया जलविद्युत् आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना निर्माण सम्पन्न भएपछि चमेलिया नदी क्षेत्रबाट उत्पादन हुने विद्युत् थप वृद्धि हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  2. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  3. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  4. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  5. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  6. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  7. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  8. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  9. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  10. १० आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  11. ११ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  12. १२ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  13. १३ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  14. १४ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  15. १५ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?