होमपेज > नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बिज्ञापन

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ वैशाख महिनाको मासिक योजनाअनुसार उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीका विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८३/८४ मा प्रथम बीमाशुल्कलगायत समग्र सूचकमा कम्पनीले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको बताए । उनले कम्पनीको सफलतामा योगदान पुर्‍याउने नियमनकारी निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति आभार व्यक्त गरे ।

नयाँ आर्थिक वर्षको शुभकामना दिँदै उनले ग्राहकलाई थप प्रभावकारी सेवा तथा सुविधा प्रदान गर्न कम्पनी अझ जिम्मेवार भएर अघि बढ्ने बताए । साथै, कम्पनीको अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउनेतर्फ विशेष ध्यान दिइने उल्लेख गर्दै त्यसका लागि सबैको निरन्तर सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले अन्तर्राष्ट्रिय बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडिआरटीको लक्ष्य हासिल गर्न आवश्यक कार्ययोजना तथा अपनाउनुपर्ने व्यावसायिक रणनीतिबारे प्रशिक्षण दिएका थिए । उनले विभिन्न उदाहरणमार्फत अभिकर्ताहरूलाई लक्ष्य प्राप्तिका लागि आवश्यक सीप, कार्यशैली र व्यावसायिक दृष्टिकोणबारे प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षणसँगै कार्यक्रमलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले समेत विशेष बनाएको थियो । कार्यक्रममा स्ट्यान्डअप कमेडियन सुमन कार्कीले हास्य प्रस्तुति दिएका थिए भने चर्चित कलाकार रामचन्द्र काफ्ले र जुनु रिजालले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायक दीपक बज्राचार्य एन्ड रिदम ब्याण्डले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएका थिए । साथै, डिजे अमुको प्रस्तुतिमा सहभागी अभिकर्ताहरूले मनोरञ्जन लिएका थिए ।

कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन, क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  2. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  3. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  4. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  5. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  6. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  7. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  8. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  9. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  10. १० नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  11. ११ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  12. १२ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  13. १३ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  14. १४ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  15. १५ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न