होमपेज > भारत लैजान लागेका ६ किशोरीको उद्धार

भारत लैजान लागेका ६ किशोरीको उद्धार

बिज्ञापन

रूपन्देहीको बेलहिया नाका हुँदै भारत लैजान लागेका ६ जना किशोरीहरूको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलहिया र भैरहवामा रहेको माइती नेपालको आवधिक गृहले उनीहरूलाई बेलहिया नाकाबाट उद्धार गरेका हुन्। माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीका अनुसार भारत लैजान बेलहिया नाका पार गर्न बाटोमा हिँडिरहेका उनीहरूलाई सोधपुछ गर्दा शंका लागेपछि प्रहरीको जिम्मा लगाइएको थियो।

किशोरीहरूले आफूहरूलाई भारतको राजस्थान जोतपुरमा काम लगाइदिने भनेपछि त्यसतर्फ जान तयार भएको बताएका छन्। रूपन्देहीसहित कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका ती किशोरीलाई उनीहरूकै आफन्तले १० हजार भारतीय रूपैयाँ तलब पाउने गरि लैजाने बताएका थिए। घरको सरसफाइ र बिरामीको हेरचाहको काममा लगाइदिने र १० हजार तलब दिने भनेपछि परिवार पनि सहमत भएका थिए।

उद्धार गरिएका किशोरीहरूले भारत जानका लागि टिकटवापत लाग्ने खर्च समेत भारतबाटै काटेर पठाएको प्रहरी सामू बताएका छन्। किशोरीहरूले भारत लैजान खोज्नेहरूसँग आफूहरू फेसबुकबाट जोडिएको बताए। किशोरीहरूलाई प्रहरी तथा पत्रकारको रोहबरमा अभिभावकको जिम्मा लगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  2. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  3. सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  4. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  5. साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  6. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  7. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  8. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  9. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  10. १० महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  11. ११ सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  12. १२ द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  13. १३ नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  14. १४ साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  15. १५ नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण