होमपेज > राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड

बिज्ञापन

राष्ट्रिय वाणिज्य बैंकले नेपाल, भारत र भुटानमा प्रयोग गर्न मिल्ने भिसा क्रेडिट कार्डको सुविधा प्रदान गरेको छ। सुरक्षित, सजिलो र सुविधाजनक डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित बैंकले उक्त कार्ड सञ्चालनमा ल्याएको हो।

बैंकको क्रेडिट कार्डलाई एटीएम र पिओएस टर्मिनल दुवैमा प्रयोग गर्न सकिने छ। साथै, नेपाली रुपैयाँमा हुने अनलाइन कारोबारका लागि समेत कार्डले सहज रुपमा काम गर्नेछ । क्रेडिट कार्डको प्रमुख विशेषताहरुमा नेपाल, भारत र भुटानमा मान्य हुनुका साथै पिओएस र एटीएममा सजिलै प्रयोग गर्न सकिनेछ ।

यस्तै, क्रेडिट लिमिटको १० प्रतिशतसम्म नगद झिक्न सकिने सुविधा, कम ब्याजदर र कमिसन, खरिदमा अधिकतम ४५ दिनसम्म ब्याजमुक्त अवधिको व्यवस्था र ५ वर्षको मान्यता रहने बैंकले जनाएको छ।

आरबिबी क्रेडिट कार्डको क्रेडिट लिमिट न्यूनतम २० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म तोकिएको छ। प्रत्येक अंग्रेजी महिनाको २३ तारिखमा बिलिङ (स्टेटमेन्ट) हुने र भुक्तानीको अन्तिम म्याद त्यसको १५ दिनपछि अर्थात् पछिल्लो महिनाको ८ वा ९ तारिखसम्म तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत