होमपेज > सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भईरहेका ठगीका घटनाबाट सतर्क रहन नबिल बैंकको आग्रह

सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भईरहेका ठगीका घटनाबाट सतर्क रहन नबिल बैंकको आग्रह

बिज्ञापन

नबिल बैंकले आफ्नो नाममा खोलिएका नक्कली सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रामक सूचना फैलाएर ठगीगर्ने प्रयास भइरहेको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

शनिबार एक सूचना जारी गर्दै बैंकले पुरस्कार तथा अन्य आर्थिक लाभको प्रलोभन देखाएर गरिने ठगी (स्क्यामर फिसिङ) बाट बच्न ध्यानाकर्षण गराएको हो । बैंकका अनुसार, हाल केही सामाजिक सञ्जाल तथा नक्कली वेबसाइटहरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कार परेको जस्ता झुटा र भ्रामक सूचना प्रचार गरिरहेको पाइएको छ । यस्ता सूचना ठगी वा फिसिङको उद्देश्यले तयार पारिएको हुन सक्ने भन्दै बैंकले ग्राहकलाई त्यस्ता वेबसाइट वा सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।

कुनै पनि जानकारीको आधिकारिकता पुष्टि गर्नका लागि बैंकको आधिकारिक वेबसाइटहरू nabilbank.com र nbank.nabilbank.com मा मात्र विश्वास गर्न बैंकले अनुरोध गरेको छ । यस्ता कुनै पनि शङ्कास्पद सूचना वा जानकारी प्राप्त भएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७००१५ वा ईमेल [email protected] मा सम्पर्क गरेर सत्यतथ्य बुझ्न पनि बैंकले सुझाएको छ ।

बैंकले कुनै पनि अपरिचित वा नक्कली वेबसाइटमा विश्वास नगर्न र आफ्ना व्यक्तिगत तथा बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ । पछिल्लो समय वित्तीय क्षेत्रमा अनलाइन प्रविधिको प्रयोग बढेसँगै यसको दुरुपयोग गरी ठगी गर्ने घटना पनि बढ्दै गएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत