नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। महासङ्घका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

