२०८३, श्रावण २३ गते

स्वास्थ्य बिमा बोर्डद्वारा २०२ अस्पताललाई थप ९१ करोड रुपैयाँ भुक्तानी प्रक्रिया अघि बढाइयो

मंगलवार , आषाढ २, २०८३

स्वास्थ्य बिमा बोर्डले देशभरका २०२ सेवाप्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। बोर्डका अनुसार सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेका स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै यसलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ बक्यौता भुक्तानीलाई तीव्रता दिइएको बोर्डले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार गत जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत एक अर्ब तीन करोड २४ लाख ७७ हजार रुपैयाँ निकासा गरिएको थियो। त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। यस्तै, जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ। पछिल्लो भुक्तानी प्रक्रियासँगै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवाप्रदायक अस्पतालहरूको बक्यौता रकम क्रमशः फर्छ्योट हुँदै जाने र सेवाग्राहीले पाउने स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!