२०८३, श्रावण २३ गते

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

मंगलवार , श्रावण १२, २०८३

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द हुने भएका छन्। नेपाल चिकित्सक संघले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको हो। संघले विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटनाको विरोधमा सेवा बन्द गर्नुपरेको जनाएको छ। संघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नसमेत माग गरेको छ। नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सकमाथि हातपात हुँदा डा. प्रमोद रामको टाउकोमा चोट लागेको संघले जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसा र दुर्व्यवहार रोक्न सरकार गम्भीर बन्नुपर्ने मागसहित संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!