२०८३, श्रावण २३ गते

ग्वार्कोमा बस पर्खालमा ठोक्कियो: एक जनाको मृत्यु, १० जना घाइते

बिहिवार , श्रावण २१, २०८३

ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाईओभरको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो।


दुर्घटनामा परेर एक जनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ । घटनालगत्तै प्रहरी वृत्त सातदोबाटोको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!