२०८३, श्रावण २३ गते

कक्षा १२ को मौका परीक्षामा ८१% विद्यार्थी उत्तीर्ण

शुक्रवार , श्रावण २२, २०८३

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जुन कुल सहभागीको ८१.१९ प्रतिशत हो।

बोर्डले तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको जनाएको छ। साथै, नतिजामा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयमा रहेको मूल अभिलेखका आधारमा सच्याइने पनि स्पष्ट गरेको छ। विद्यार्थीहरूले बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सेवामार्फत आफ्नो परीक्षाफल हेर्न सक्नेछन्।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा यही साउन २ र ३ गते सञ्चालन गरेको थियो।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!