२०८३, आश्विन ९ गते

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त

मंगलवार , श्रावण २६, २०८३

सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बारा निवासी उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा उनीहरूका परिवारलाई प्रदान गरिने कल्याणकारी सेवा, उद्धार, राहत तथा पुनःस्थापनालगायतका काममा समन्वय गर्न वैदेशिक रोजगार बोर्ड गठन गरेको हो।

उप्रेतीले अब बोर्डको नेतृत्व सम्हाल्दै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हित तथा बोर्डका विभिन्न कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाउनेछन्। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!