२०८३, आश्विन ९ गते

सरकारले एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने

मंगलवार , श्रावण २६, २०८३

सरकारले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित अध्ययन तथा छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सार्वजनिक चासोको विषय बनेको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन अब सार्वजनिक गरिनेछ। पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा गठित समितिले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गरी प्रतिवेदन सरकारलाई बुझाएको थियो। प्रतिवेदन लामो समयदेखि सार्वजनिक हुन सकेको थिएन।

सरकारले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेसँगै एनसेलको सेयर कारोबार, त्यससँग जोडिएका प्रक्रिया तथा सरकारलाई प्राप्त हुने राजस्वलगायत विषयमा समितिले गरेको अध्ययन सार्वजनिक हुने भएको छ।

एनसेलको सेयर खरिद–बिक्री पटक–पटक सार्वजनिक बहस र विवादको विषय बन्दै आएको छ। सरकारले प्रतिवेदन सार्वजनिक गर्ने निर्णयलाई यस विषयमा पारदर्शिता कायम गर्ने कदमका रूपमा हेरिएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!