२०८३, आश्विन ९ गते

सल्यानमा जीप भेरी नदीमा खस्यो, यात्रुको अवस्थाबारे खोजी हुँदै

बुधवार , श्रावण २७, २०८३

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ बांगिरहनजिकै जीप भेरी नदीमा खसेको छ।

बुधबार दिउँसो लु १ ज ३०२२ नम्बरको जीप बालुवासङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ।

जीपमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन। दुर्घटनामा मानवीय क्षति भए/नभएकोबारे पनि प्रहरीले खोजी गरिरहेको छ।

घटनालगत्तै प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। प्रहरीले नदीमा खसेको जीप तथा त्यसमा सवार यात्रुको अवस्थाबारे खोजी गरिरहेको जनाएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!