२०८३, आश्विन ९ गते

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल थुनामा

बुधवार , श्रावण २७, २०८३

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका थिए।

बुधबार दुवैजनालाई अर्को सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। बयान तथा थुनछेक बहसपछि अदालतले दुवैलाई थुनामा पठाउने आदेश गरेको हो।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।

सोही मुद्दामा पूर्वअर्थमन्त्री पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा छाड्ने आदेश दिएको छ। पौडेललाई साधारण तारिखमा राख्दै भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश अदालतले गरेको हो।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!