२०८३, आश्विन ९ गते

धनगढी यातायात कार्यालयले एक वर्षमै उठायो ७७ करोडभन्दा बढी राजस्व

बिहिवार , श्रावण २८, २०८३

यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा ७७ करोड ५१ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालय प्रमुख भुवन जोशीका अनुसार यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा १ करोड ९५ लाख २ हजार ३६५ रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार ३५५ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

गत आर्थिक वर्ष सङ्कलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा सवारीसाधन करबाट आएको छ। यस शीर्षकमा मात्रै ५९ करोड ३७ लाख १४ हजार ३८० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। त्यस्तै, चालक अनुमतिपत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १६ करोड ५५ लाख ८९ हजार ७४५ रुपैयाँ सङ्कलन भएको छ। यातायात क्षेत्रको आम्दानीअन्तर्गत लगतकट्टा, प्रदूषण तथा रुट इजाजतबाट १ करोड ४१ लाख १३ हजार ८३५ रुपैयाँ राजस्व प्राप्त भएको छ।

यसैगरी, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट १६ लाख ७८ हजार २२० रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट १ हजार ४०० रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बिमा दाबी प्राप्तिबाट समेत ३२ हजार १४० रुपैयाँ प्राप्त भएको छ।

यसरी धनगढी यातायात व्यवस्था कार्यालयले अघिल्लो वर्षको तुलनामा राजस्व सङ्कलन बढाउँदै गत आर्थिक वर्षमा ७७ करोड ५१ लाख रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!