२०८३, आश्विन ९ गते

मन्दिरको जग्गा व्यक्तिको नाममा सारेर बिक्री! ९ जनाविरुद्ध मुद्दा

बिहिवार , श्रावण २८, २०८३

सुनसरीको धरानस्थित नरसिंह भगवान मन्दिरको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार गलत विवरण, सर्जमिन मुचुल्का र नाता प्रमाणित कागजात तयार गरी मन्दिरको नाममा रहेको जग्गा तत्कालीन पुजारी बटुरु चौधरीको नाममा नामसारी गरिएको थियो।

२०६५ सालमा नामसारी गरिएको उक्त जग्गाको हालको न्यूनतम मूल्यांकन ३६ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ। अनुसन्धानमा जग्गा नामसारीका लागि ५ हजार रुपैयाँ घुस लेनदेन भएको समेत खुलेको अख्तियारको दाबी छ।

अख्तियारले दोषीमाथि कैद, जरिवाना र बिगो असुलउपरको माग गर्दै जग्गा जफत गरी पुनः नरसिंह भगवान मन्दिरकै नाममा कायम गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!