२०८३, आश्विन ९ गते

नेपाली सेनामा २८० लागि जनाका लागि भर्ती खुल्यो (सूचनासहित)

शुक्रवार , श्रावण २९, २०८३

नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) पदमा २८० जनाका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले शुक्रबार सूचना जारी गर्दै खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन माग गरेको हो।

कुल २८० पदमध्ये खुलातर्फ १४६, महिलातर्फ २४, आदिवासी/जनजातितर्फ ३९, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ तथा कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ पद छुट्याइएको छ।

कक्षा १२ उत्तीर्णले पनि आवेदन दिन पाउने

अधिकृत क्याडेट पदमा कक्षा १२ वा सोसरह उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। उम्मेदवारले एसईई वा एसएलसीमा अनिवार्य गणित अध्ययन गरेको हुनुपर्नेछ।

कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण उम्मेदवारको उमेर भदौ १९ गतेसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। स्नातक उत्तीर्णका लागि भने उमेर सीमा २४ वर्ष तोकिएको छ। बहालवाला सैनिकका हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ।

साउन २९ देखि आवेदन खुला

योग्यता पुगेका उम्मेदवारले नियमित दस्तुरमा साउन २९ देखि भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भदौ १९ देखि २५ गतेसम्म पनि आवेदन दिन सकिनेछ। दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ। एकभन्दा बढी समावेशी समूहबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारले प्रत्येक थप समूहका लागि २० प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ।

भर्तीका लागि पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट ३ इन्च र महिलाको ५ फिट हुनुपर्नेछ। पुरुषको छाती नफुलाउँदा कम्तीमा ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ। पुरुषको न्यूनतम तौल ५० किलो तथा महिलाको ४० किलो तोकिएको छ। आँखाको दृष्टि पनि सेनाले निर्धारण गरेको मापदण्डअनुसार हुनुपर्नेछ।

उम्मेदवारले काठमाडौंको स्वयम्भूस्थित केन्द्रीय भर्ना छनोट केन्द्रसहित इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र दीपायलबाट भर्ती प्रक्रिया अघि बढाउन सक्नेछन्।

छनोट प्रक्रियामा शारीरिक परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा र अन्तर्वार्तालगायतका चरण रहनेछन्। अनलाइन आवेदनपछि आवश्यक कागजातसहित सम्बन्धित भर्ना केन्द्रमा स्वयं उपस्थित भएर आवेदन दर्ता गराउनुपर्नेछ।

ssss_MdkMqSXPYT.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!