२०८३, आश्विन ९ गते

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच ४० मिनेट छलफल

शुक्रवार , श्रावण २९, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच देशभर देखिएको बाढीपहिरोसहितको विपद् र उद्धार व्यवस्थापनबारे छलफल भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटवार्तामा पछिल्लो समय विभिन्न जिल्लामा देखिएको विपद्को अवस्था, उद्धार तथा राहत व्यवस्थापनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री र प्रधानसेनापतिबीच करिब ४० मिनेट छलफल भएको थियो। भेटवार्तापछि प्रधानसेनापति सिग्देल सिंहदरबारबाट बाहिरिएका छन्।

यसअघि प्रधानमन्त्री शाहले रोल्पामा गएको पहिरो तथा विपद्को अवस्थाबारे नेपाली कम्युनिस्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनसँग समेत छलफल गरेका थिए। पछिल्ला दिनमा लगातारको वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!