२०८३, भाद्र २ गते

सभामुखको रुलिङपछि प्रधानमन्त्री बालेनले भदौ १० गते प्रत्यक्ष प्रश्नोत्तर गर्ने

सोमवार , भाद्र १, २०८३

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेकै दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मिति तय भएको छ।

प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको हो। सभामुख अर्यालले सोमबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त मिति तोकेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारसमणि गोलालका अनुसार प्रधानमन्त्रीलाई सोधिने प्रश्न सांसदहरूले भदौ ५ गतेसम्म पठाइसक्नुपर्नेछ। भदौ १० गते प्रधानमन्त्री सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको उनले जानकारी दिए।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ। सोही व्यवस्थाअनुसार सभामुखले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्।

यससँगै लामो समयदेखि प्रतिपक्षी सांसदहरूले उठाउँदै आएको प्रधानमन्त्रीको सदनमा उपस्थिति र सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिने विषयले औपचारिक रूप लिएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!