२०८३, श्रावण ३१ गते

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

शुक्रवार , श्रावण २९, २०८३

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८२ माघ र फागुन महिनामा प्रदान गरिएको स्वास्थ्य सेवाबापत उक्त रकम भुक्तानी गरिएको हो। रकम पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल, निजी तथा शिक्षण अस्पतालसमेत रहेका छन्।

भुक्तानी विवरणमा ठूला अस्पतालदेखि दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालसम्मका स्वास्थ्य संस्था समेटिएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले पेस गरेका दाबीको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!