नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ३६ सयले बढेर तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४७१० मा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार चाँदी तोलाको ४६६० मा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस