नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु भएको छ। सार्वजनिक भएसँगै उत्साहजनक बुकिङ आएको कम्पनीले जनाएको छ। देशभरका टाटा शोरुमबाट बुकिङ गरेका ग्राहकलाई गाडी हस्तान्तरणसमेत सुरु गरिएको छ।
पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन्। अर्थात् एक्स्पोमा बुकिङ गर्दा ग्राहकले सुरुवाती मूल्यमा १ लाख रुपैयाँ छुट पाउनेछन्।
एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ। नयाँ पञ्च ईभी ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित छ। यो ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार नेपाली सडकमा गरिएको परीक्षणमा यी भेरियन्टले पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने देखिएको छ।
सवारीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बीएनसीएपीको ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा दिइएको छ। त्यस्तै, १.५सी डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध छ।
पञ्च ईभीमा भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस लगायतका सुविधा छन्।
प्रतिक्रिया दिनुहोस