२०८३, श्रावण ३१ गते

सुन तोलामा १२ सयले घट्यो, चाँदी पनि सस्तियो

बुधवार , श्रावण २७, २०८३

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ थियो। यससँगै बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!