२०८३, श्रावण ३१ गते

जाजरकोटमा पहिरोले एकको मृत्यु, तीन बेपत्ता

आइतवार , श्रावण ३१, २०८३

जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा अविरल वर्षापछि आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोमा परी ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो। पहिरोमा ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन्।

पहिरोमा परी नौ जना घाइते भएका छन्। उनीहरूमध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज र तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ। अन्य तीन जना उपचारपछि घर फर्किएका छन्।

पहिरोको जोखिम बढेपछि सोही वडाका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी बेपत्ताको खोजी तथा उद्धार कार्य भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!