२०८३, श्रावण ३१ गते

काठमाडौंमा आज ५ स्थानबाट ग्यास बिक्री, कहाँ–कहाँ पाइन्छ?

शनिवार , श्रावण ३०, २०८३

खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौंका ५ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय र निगमको समन्वयमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट विभिन्न ग्यास कम्पनीले सिलिन्डर बिक्री गर्नेछन्।

ग्यास बिक्री हुने स्थान र ब्रान्ड:

टेकुस्थित नेपाल आयल निगम परिसर: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल
यातायात कार्यालय परिसर, चाबहिल: नेपाल र एचपी
राधास्वामी, कपन/बालुवा परिसर: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम
राधास्वामी, वसुन्धरा परिसर: नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम
पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य

निगमले उपभोक्तालाई तोकिएको स्थानमा पुगेर सम्बन्धित ब्रान्डका ग्यास सिलिन्डर खरिद गर्न आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!