२०८३, भाद्र १ गते

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त

शुक्रवार , श्रावण २९, २०८३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली पुनः नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको ४७औँ बैठकले पराजुलीलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

पुनर्नियुक्ति पाएसँगै पराजुलीले साउन २९ गतेदेखि नेपाल लाइफको सीईओका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्।

पराजुलीले यसअघि पनि नेपाल लाइफको नेतृत्व गर्दै आएका थिए। कम्पनीको सञ्चालक समितिले उनको कार्यसम्पादनलाई निरन्तरता दिँदै पुनः जिम्मेवारी दिएको हो। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!