२०८३, भाद्र १ गते

ललितपुरमा घर फोडेर ३१ लाखभन्दा बढीको धनमाल चोरी

सोमवार , भाद्र १, २०८३

ललितपुरको कुमारीपाटीमा घर फोडेर करिब ३१ लाख ७० हजार रुपैयाँ बराबरको सुनका गहनासहित धनमाल चोरी भएको छ।

ललितपुर महानगरपालिका–१९ कुमारीपाटीस्थित माया महर्जनको घरबाट शनिबार विभिन्न सुनका गरगहनासहित ठूलो परिमाणमा धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

घटनापछि चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!