२०८३, भाद्र १ गते

'बजाज पल्सर' इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

सोमवार , भाद्र १, २०८३

इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर किंग्सले नेपालकै अग्रणी मोटरसाईकल कम्पनी बजाज पल्सरसँग मुख्य प्रायोजकको लागि सम्झौता गरेको छ। जनकपुर किंग्स र बजाज पल्सरबीचको सम्झौता नक्साल, गैरीधारास्थित बजाज पल्सरको कार्यालयमा आज सम्पन्न भएको हो।

सम्झौतापछि जनकपुर किंग्सका प्रमुख कार्यकारी अधिकृत आर्यन शाहले बजाज पल्सरसँग सहकार्य गर्न पाउनु टिमका लागि गर्वको विषय भएको बताएका छन्। उनले यो साझेदारीले टिमलाई थप ऊर्जा, आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

“जनकपुर किंग्सको यात्रामा बजाज पल्सरजस्तो प्रतिष्ठित ब्रान्डसँग जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो। यो साझेदारीले हाम्रो टिमलाई थप ऊर्जा, आत्मविश्वास र प्रेरणा दिएको छ,” शाहले भने।

उनले इन्डोर क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा बजाज पल्सरको साथ महत्वपूर्ण रहने उल्लेख गर्दै आगामी दिनमा दुवै पक्षले सहकार्य गर्दै उत्कृष्ट काम गर्ने बताए। साथै, यस साझेदारीमार्फत दर्शक तथा क्रिकेटप्रेमीलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य रहेको शाहको भनाइ छ।

त्यस्तै, बजाज पल्सरको सेल्स एण्ड मार्केटिङ विभागका राजेश पोखरेलले जनकपुर किंग्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। उनले नेपालमा क्रिकेटको लोकप्रियता मैदानमा मात्र नभई इन्डोर स्वरूपमा समेत बढ्दै जानु सकारात्मक पक्ष भएको बताए। उनले नेपालमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा इन्डोर क्रिकेटले समेत छुट्टै पहिचान बनाउन थालेको बताए।

“जनकपुर किंग्ससँग हातेमालो गर्न पाउँदा हामी निकै खुसी छौं। नेपालमा क्रिकेटप्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको छ र अब इन्डोर क्रिकेटले पनि आफ्नो छुट्टै पहिचान बनाउँदै गएको देख्दा उत्साहित छु,” पोखरेलले भने।

उनले खेलकुद र युवासँग जोडिने अभियानमा बजाज पल्सर सधैं सकारात्मक रहँदै आएको उल्लेख गर्दै जनकपुर किंग्ससँगको सहकार्य पनि सोही यात्राको महत्वपूर्ण हिस्सा भएको बताए। साथै, उनले जनकपुर किंग्सको सफलताको शुभकामना दिँदै आगामी दिनमा अझ प्रभावकारी र दीर्घकालीन सहकार्य गर्ने अपेक्षा व्यक्त गरे।

बजाज पल्सरसँगको सम्झौताले जनकपुर किंग्सको सिजन–२ को तयारीलाई थप मजबुत बनाएको छ। इन्डोर सुपर लिग सिजन–२ आगामी भदौ २२ देखि भदौ २८ गतेसम्म आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!